८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा मनाईयो पञ्चदान, मेयर शाक्यले पनि लिए पञ्चदान (फोटोफिचर)


प्रकाशित: बुधवार, ११ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौमा हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीको अवसर पारेर पञ्चदान गर्ने चलन छ ।


बौद्ध परम्पराअनुसार बाहा र बहीका बौद्ध भिक्षु पाँच प्रकारका वस्तु दान गर्छन, जसमा अन्न (चामल, धान, गँहु, जौ आदि), गेडागुडी, फलफूल दान दिने गरिन्छ । 


पौराणिक कथन अनुसार यो परम्परा कम्तिमा हजार वर्षदेखि चल्दै आएको हो । यो पर्व काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, थिमी लगायत नेवार बौद्ध धर्मावलम्बी भएका विभिन्न बस्तीमा मनाइन्छ । 


पञ्चदानमा विशेषतः दीपंकर बुद्धको मूर्तिलाई प्रमुख रूपमा राखेर पुज्ने गरिन्छ । 


यसैविच काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पनि काठमाडौंका ठाउं–ठाउंमा पञ्चदान लिने कार्य गरेका छन । मेयर शाक्यले विभिन्न स्थानहरुमा पैदल नै यात्रा गरेर स्थानीयवाट पञ्चदान लिएका हुन । 


काठमाडौंको ठमेल स्थित थँबहिल विक्रमशील महाविहारवाट पञ्चदान लिने कार्र्यक्रममा सहभागिता जनाएर इटुम्बहालसम्म पुगेका थिए । 


तीन बर्ष अघि पनि मेयर शाक्यले यसरी नै जनतामा सहभागी भएर पञ्चदान लिएका थिए । 


बौद्ध धर्ममा बुद्धत्व प्राप्तिको लागि पूरा गर्नुपर्ने विभिन्न दशवटा पारमिताहरू मध्ये दानपारमिता सबभन्दा अगाडि आउँदछ । 

 

दान कार्य गर्ने पर्वको रूपमा पञ्चदान पर्व बौद्धमार्गीहरुले प्रत्येक बर्ष आजकै दिनमा मनाउने कार्य गरिदै आएको हो । 

 

फोटोः सबै रमेश शाक्य

 

 

 

 

 

 

 



 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD