२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा मनाइयो शंखधर दिवस (तस्वीरहरु)


प्रकाशित: सोमवार, २६ कात्तिक २०८१, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको नामा स्थापित ‘शंखधर दिवस’ मनाइएको छ ।


काठमाडौंको शंखधर उद्यानमा नेपाल संवत न्हुँद समारोह समिति ११४५ ले एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो ।

 


कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शंखधर साख्वाः को चर्चा अब राष्ट्रव्यापी रुपमा हुनु पर्ने विचार राख्दै नेपाल संवत्सँग जोडिएको कार्यक्रम प्रज्ञा प्रष्ठिान गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।


नेपाल सरकारले नेपाल संवत् ११२० मा शंखधर साख्वाःलाई आजकै दिन राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई अवसरमा यो दिवश मनाईदै आएको छ ।

 


सो अवसरमा नेवाः अगुवा मल्ल के. सुन्दर, नेवाः राष्ट्रिय देव दबूका अध्यक्ष पवित्र बज्राचार्य, न्हुँद नेपाल संवत् राष्ट्रिय संरक्षण समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्य लगायतले शंखधरको चर्चा र महत्वबारे चर्चा गरेका थिए । 


कार्यक्रम न्हुँद समारोह समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex