काठमाडौं । काठमाडौंको टुँडिखेलमा विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शनिबार बिहान टुडिखेलस्थित सैनिक मञ्चमा नेपाल सरकारको आयोजनामा विश्व ध्यान दिवस मनाइएको छ ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका नेताहरू सहभागी थिए । उनीहरूले त्यहाँ उपस्थित सयौं मानिसहरूसँगै ध्यान गरेका थिए ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।
तस्वीरः प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय
Categorized in स्वास्थ्य