काठमाडौं । काठमाठौ महानगरको नेकपा एमाले मेयर उम्मेदवार केशव स्थापितले बागबजारको पदमकन्या कन्या क्याम्पसमा मतदान गरेका छन ।
नेपाली कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले युवक मावि पक्नाजोलमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेकी छिन ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार वालेन शाहले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन्।

विवेकशिल साझा पार्टीका मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले मध्यवानेश्वरस्थित भ्यू भ्याली स्कुलबाट भोट हालिन ।

Categorized in स्थानिय