१० आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा मतदाता शिक्षा अभियान सुरु, १३८ वडामा स्वयंसेवक परिचालन


प्रकाशित: सोमवार, ४ फागुन २०८२, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रअन्तर्गत रहेका ११ स्थानीय तहका १३८ वडामा मतदाता शिक्षा अभियान सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गर्दै घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।


जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार अभियान यही फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । स्वयंसेवकहरू प्रत्येक मतदाताको घरआँगनमै पुगेर सही तरिकाले मतदान गर्ने विधि, मतपत्र प्रयोग गर्ने तरिका तथा बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइरहेका छन ।


आम नागरिकलाई मताधिकारको महत्व बुझाउने र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो । 


निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमले स्वच्छ, निष्पक्ष र सहभागितामूलक निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex