१९ आश्विन २०८३, सोमबार
Header

काठमाडौंमा भोली र पर्सी यी स्थानमा बत्ती काटिने 


प्रकाशित: शनिवार, २७ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौमा आईतवार र सोमवार केही स्थानमा बत्ती काटिने भएको छ । 


नेपाल विद्युत प्राधिकरणका अनुसार आइतबार र सोमबार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्म क्षेत्रमा विद्युती आपुर्ति वन्द हुने भएको छ । 


कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि काम हुने भएकोले स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसम्मका क्षेत्रहरु बुढाथोकी कोल्ड स्टोर ,मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, विद्युत आपुर्ति वन्द हुने छ । 


त्यसैगरी टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रमा बत्ति काटिने भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex