१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा भोलिदेखि ‘आदिपुुरुष’ चल्न नदिने बालेनको घोषणा, मन्त्रालयले के भन्यो ? 


प्रकाशित: आइतवार, ३ असार २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । भारतीय चलिचित्र ‘आदिपुुरुष’ सोमवारदेखि काठमाडौं महानगरभित्रका हलरुमा प्रदर्शन रोक्ने काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले घोषणा गरेका छन ।


उनले चलचित्रमा भएको विवादित संवाद भारतमा प्रदर्शनमा रहेको सो चलचित्रमा पनि नहटाएसम्म चलचित्रमा प्रतिवन्ध लगाउने बताएका हुन । 


भारत अहिले पनि ‘जानकी भारतकी बेटी’ भन्ने संवाद नहटाएको भन्दै प्रमुख बालेन प्रदर्शन रोक्न चेतावनी दिएका हुन । उनले ‘आदीपुुरुष’ मात्र नभए सबै भारतीय चलचित्र नै रोक लगाउने बताएका छन । 


यस अघि चलिचत्र विकास वोर्ड र प्रमुख बालेनले सो विवादित संवाद नहटाएसम्म चलचित्र प्रदर्शन गर्न नदिने चेतवानी दिएपछि संवाद हटाएर प्रर्शन अनुमति दिएको थियो ।  


‘महानगरभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छु’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन । 


सो विषयमा शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गर्दा पनि नहटेको बताएका छन । 

 


यसैविच सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आइतवार एक विज्ञप्ती जारी गरी नेपालमा प्रदर्शन भईरहेको सो चलचित्रबाट विवादित संवादको  अशं ‘भारतकी’ शव्द हटाइ चलचित्र जाँच पास दिई सार्वजनिक अनुमति प्रदर्शन गर्न दिएको बताएको छ । 


मन्त्रालयले सो विषयमा अहिले विभिन्न सञ्चार माध्यम तथा सरोकारवाला निकायहरुबाट जनाएका आपत्तिका विषयहरुमा गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तीमा उल्लेख गरेको  छ । 


‘आदिपुरुष’ विवादमा काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने तयारी गरेको पृष्ठभूमिमा सरकारले विज्ञप्ति जारी गरेको हो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD