८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा बिजुली बस चलाउन होडवाजी, साझा अघि यी बस आउने


प्रकाशित: मंगलवार, ७ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा बिजुली बस चलाउन होडवाजी देखिएको छ । 


सरकारले साझा यातायातलाई ३ सय बटा विजुली बस खरिद गर्न ३ अर्ब दिने सम्झौता भए लगत्तै काठमाडौंमा बिजुली बस चलाउन एक कम्पनी अघि सरेको छ । 


साझाले चलाउने बिजुली बस अघिनै सुन्दर यातायात प्रा.लि.ले १८ वटा बिजुली बस काठमाडौं ल्याउने तयारी गरेको छ ।  सुन्दरले चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग बिजुली बस ल्याउने सम्झौता गरिसकेको छ । 


सम्झौता अनुसार तत्काल २ वटा बस नेपालका लागि तयार भईसकेको सुन्दर प्रा.लि.का अध्यक्ष भेषबहादुर थापाले मिडियालाई बताएका छन ।  साउनदेखिनै रिङगरोडमा यी बस चलाउने अध्यक्ष थापाले जानकारी दिँदै ४० सिट क्षमतासम्मका बस नेपाल ल्याउन लागेको हो ।


कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । 


अध्यक्ष थापाका अनुसार ४० सिटको बसमा थप ३० भन्दा बढी यात्रुहरुले उभिएर यात्रा गर्न सक्ने गरि डिजाईन गरिएको छ ।  त्यसैगरी बसमा आरक्षण सिटहरुलाई बेग्लै रंग दिइएको छ ।


यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा भुक्तानी गर्न व्यवस्था गरेको छ ।  मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD