२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौंमा फोहोर थुप्रिन नदिने प्रयास गर्छौः प्रवक्ता मानन्धर


प्रकाशित: मंगलवार, १२ भाद्र २०८०, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरलपालिकाका प्रवक्ता एंव कामपा १७ वडा अध्यक्ष नविन मानन्धरले काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनीप्रति महानगरको ध्यानाकर्षण भएको बताएको छ । 


असोज १ गतेदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिल फोहोर फाल्न नदिने सोमवार पत्रकार सम्मेलन गरेर चेतावनी दिएको छ । 


प्रवक्ता मानन्धरले भने,‘उहाँहरुको माग ठयाक्कै पुरा हुन नसेको अवस्था हो, तर महानगरले उहाँहरुसँग गरेको प्रतिवद्धता भने पुरा गर्नेछ, उहाँहरुले आफ्नो माग राख्न स्वभाविकनै हो ।’


महानगरले उहाँहरुको मागलाई सकेसम्म असोज १ गते सम्म सम्बोधन गरेर काठमाडौंमा फेरि फोहोर थुप्रन नदिने प्रयास गर्ने प्रवक्ता मानन्धरले बताए । 


ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाले फोहोर फाल्न नदिएर आन्दोलन गरेपछि १ भदौ २०७९ मा शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले स्थानीय बासिन्दासँग ४ बुँदे सहमति भएको थियो ।  


सहमति अनुसार प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न पहल गर्ने, धुनिवेंशी नगरपालिकाको १, ३ र ४ तथा ककनी गाउँपालिकाको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने ।


त्यसैगरी, विकास अनुदान रकम बढाउनुपर्ने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता मन्त्रालयले गरेको थियो । स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने, ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्ने पनि सहमति भएको थियो । उपत्यकाको फोहोर पहिलो पटक २०६२ जेठमा सिसडोलमा फाल्न थालिएको थियो ।



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD