काठमाडौं । काठमाडौ महानगरभित्र फेरि रात्री बस सञ्चालनको लागि महानगरपालिकाले तयारी गरेको छ ।
महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगर भित्र रात्री वसको आवश्यक्ता महसुस गरिएकोले सोको लागि छलफल चलिरहेको बताएका छन् ।
महानगरले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात ,नेपाल प्रहरी, ट्राफिक प्रहरी लगाएतका सरोकारवाला निकायसंग कुराकानी भईरहेको प्रवक्ता डंगोलको भनाई छ ।
रात्रीकालिन बस सञ्चालनको लागि बैज्ञानिक भाडा तय गर्ने विषयमा यातायात व्यवसायीहरुसँग पनि कुराकानी भईरहेको प्रवक्ता डंगोलले जानकारी दिए ।
अहिले राती ८ बजेभित्रनै सार्वजनिक यातायातका साधन बन्द भईसक्ने भएकोले अवेरसम्म कामकाजीमा रहने यात्रु, व्यवासायीहरुलाई ध्यानमा राखेर ११ बजेरातीम्म बस चलाउने समय निर्धारण गर्ने महानगरको सोच रहेको डंगोलले बताए ।
प्रवक्ता डंगोलले यातायात विभागसँग महानगरले पनि कुराकानी बढाईरहेको यसमा विभाग पनि सकारत्मक देखिएको जनाएको छ ।
यस अघि करिब ६ बर्ष अघि धुमधामसँग उद्घाटन गरी रात्री सेवा सञ्चालन गरिएपनि केही समयपछि नै सेवा बन्द भएको थियो ।
त्यसबेला १४ वटा वस काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मिलेर रात्री बस संचालनमा ल्याएको थियो ।
Categorized in समाज