६ भाद्र २०८३, शनिबार
Header

काठमाडौंमा फेरि थुप्रियो फोहर


प्रकाशित: बुधवार, २ भाद्र २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौंमा फेरि फोहर थुप्रिन थालेको छ । 


महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार फोहर बोक्ने सवारी ओखरपौवा ल्याण्डफिल साइटमा दैनिक १५० वटासम्म सवारी दैनिक साइटमा पुग्नु पर्नेमा ५०–६० वटा मात्र जाने गरेको समस्या उत्पन्न भएको हो । 


महानगर प्रमुख शाक्य विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनको असहजताका लागि धेरै कारण भएकोले यो सहरबाट फोहर नउठेको बताए । 


बञ्चरे डाँडाको दीर्घकालीन ल्याण्डफिलको पूर्वाधार निर्माण गरेर महानगरलाई हस्तान्तरण भएको भए अहिलेको समस्या नआउने शाक्यको भनाई छ । 


‘अहिले काठमाडौँ उपत्यकासहित ल्याण्डफिल साइटमा फोहोर पु¥याउनु पर्ने सबै सहरमा कम फोहोर उठेको छ । तर, यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले व्यहोर्नु परेको छ । यो समस्या समाधानका लागि प्रदेश र संघ सरकारको समान सहयोग चाहिएको छ ।’ शाक्यले भने । 


वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठलका अनुसार बर्खायाम भएकोले फोहोर व्यवस्थापन हुने ठाउँमा पुग्न फोहोरमै बनाइएको बाटोबाट जानु पर्छ । 


यहाँ गाडी उक्लिन सकेनन । यहीकारण कम सवारी गएका हुन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex