२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा पनि चिकित्सक कुटिए


प्रकाशित: आइतवार, १४ असोज २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको सिनामंगस्थित केएमसी अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । 


आईतवार दिउँसो ओपिडीमा विरामी भर्ना गर्न आएका आफन्तले चिकित्सक डा. मनिष खड्कामाथि कुटपिट गरेका छन । 


डा. खड्काले ओपिडीमा भिड भएपछि लाइनको विषयमा चलेको विवादपछि कुटपिट भएको बुझिएको छ । 


डाक्टर खड्का माथि कुटपिट भएपछि त्यहाँ कार्यरत सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन । 


उनीहरूले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन । 


यस अघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD