२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा धक्का महशुस हुने गरी आएको खोटाङ भूकम्पले भोजपुरका केही घर चर्किए


प्रकाशित: आईतवार, १५ साउन २०७९, १२ः०८ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा धक्का महशुश गरी आज विहान खोटाङको मात्तिम विर्ता भएर ६ म्याग्निच्युटको भूकम्प गएको छ । 


विहान बिहान ८ बजेर १३ मिनेटमा भएको सो भूकम्पले भोजपुरको टक्सारमा रहेको केही घरमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको छ । सो घरमा भने मानिसहरु बस्ने गरेका थिएनन । 


स्थानीय अधिकारीका अनुसार सो क्षेत्रमा अहिलेसम्म मानविय क्षति भएको विवरण प्राप्त भएको छैन । सामाजिक सञ्जालमा भने खोटाङमा गएको भूकम्पको भिडियो भन्दै अहिले भाईरल भईरहेको छ । 

 


तस्वीरः समाजिक सञ्जाल/FB
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex