२४ कार्तिक २०८२, सोमबार
Header

काठमाडौंमा दुई महिनाका लागि विभिन्न स्थानमा निषेधाज्ञा


प्रकाशित: सोमवार, २६ फागुन २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंले जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।


जिल्ला प्रशासनले आइतबार (फागुन २५) गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको बताएको छ ।


निषेधेज्ञा लागु हुने क्षेत्रहरुमा प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, संसद भवन नयाँ बानेश्वर क्षेत्र, शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र र सिंहदरवार क्षेत्र रहेको छ । 


यी आसपासका ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।


‘यी स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यसअघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।


निषेधाज्ञा सुचना हेरौं

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex