१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा दिन थालियो बुस्टर डोज !


प्रकाशित: सोमवार, ३ माघ २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । सोमवार काठमाडौंमा कोभिडविरुद्धको बुस्टर डोज (तेस्रो खोप) दिन सुरु गरेको छ । 


सरकारले फ्रन्टलाईनर (अग्रपंक्तिमा) खटिने चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मीहरू, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक लाई बुस्टर डोज दिएको हो ।


काठमाडौंको वीर अस्पताललगायत जिल्लाका स्थानबाट कोभिडविरुद्धको बुस्टर डोज दिएको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्ले जानकारी दिए ।

 


८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको काफ्लेले जानकरी दिए । खोप केन्द्रहरु नेपाली सेनाको अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज) , सशस्त्र प्रहरी अस्पताल (बलम्बु), त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीर अस्पताल महावौद्य, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, शहीद शुक्रबार अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट बुस्टर डोज दिदै छ । 


त्यसैगरी, सुभेक्षा अस्पताल सितापाइला, जनमैत्री अस्पताल बालाजु, पिपुल्स डेन्टल कलेज सामाखुशी, नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु , शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क, एपेक्स पोलिक्लिनिक जडिबुटीबाट पनि बुस्टर खोप लिन सकिन्छ ।


बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।
 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD