११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा थपिएको निषेधाज्ञामा यी कामहरु गर्न पाईने


प्रकाशित: मंगलवार, १ असार २०७८, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा आजबाट असार ७ गते सम्म निषेधाज्ञा थपिएको छ । 


थपिएको निषेधाज्ञा केही खकुलो गरिएको छ । अहिलेको निषेधाज्ञा मनिङवाकमा आउजाउ गर्नेलाई रोकटोक हुने छैन ।


खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने भएको छ । 


विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ साथै वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँछन । 


त्यसैगरी अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न भएको छ । वर्कसपहरूको हकमा भने बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँने छन ।  


अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ ।


बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ । सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ ।


कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्ला हुने छ भने कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ताका लागि आउजाउ गर्ने मानिसहरूलाई नरोकिने भएको छ ।


काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो बनाएर बजार चलायमन बनाउन खोजेको हो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD