३१ श्रावण २०८३, आइतबार
Header

काठमाडौंमा टिपरको ठक्करबाट २ जनाको मृत्यु


प्रकाशित: शनिवार, २ चैत्र २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको दुई विभिन्न स्थानमा  टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको छ ।  


शुक्रबार साँझ साढे ७ बजे बिपी चोकस्थित सडकखण्डमा बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई टुचिन लगाएर गोकर्णतर्फ लानेर ल्याने क्रममा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल टिपरसँग ठोक्किएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले बताए । 


उनका अनुसार, दुर्घटना भएलगत्तै उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो । यद्यपि, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनामा संलग्न सवारीसाधन टिपर र बोलेरो गाडी प्रहरी बिट, जम्मुडाँडाको नियन्त्रणमा छन् । चालक अशोक रोक्का पनि प्रहरी हिरासतमा छन् ।


त्यसैगरी, आज शनिबार बिहान अन्दाजी साढे ४ बजे काठमाडौंको तिनकुनेमा पनि टिपरको ठक्करबाट मोटरसाईकमा सवार काभ्रेको पनौती नगरपालिका–११ घर भई ललितपुरको धापाखेल बस्ने अन्दाजी २६ वर्षीय सुकराम तामाङको मृत्यु भएको छ । 


काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्प अगाडिको सडकमा प्र.३ –०२–००३ प  ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनामध्ये एक जनाको मृत्यु भएको हो। 


ठक्करबाट घाइेत भएका सुकरामलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएकोमा बिहान साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।


मोटरसाइकलमा सवार अर्का युवक काभ्रेकै बेथानचोक गा.पा. वडा नं. ०६ बस्ने बर्ष अन्दाजी ३० वर्षका रमेश तामाङको उपचार भइरहेको छ । 


प्रहरीले ठक्कर दिएर फरार भएको टिपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो भवन परिसरबाट नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले बताए ।

 

15 March 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


maharjan complex