१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौंमा जोर–बिजोर प्रणाली हट्यो, असार ३१ गते सम्म निषेधाज्ञा थप


प्रकाशित: आईतवार, २० असार २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा चल्ने सवारीमा जोर–बिजोर प्रणाली हटेको छ । 


असार २२ गते बाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाएको आईवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको छ । 


बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गरेको छ । सभा, सम्मेलन, सिनेमा हल, जिम लगायत खोल्न भने निषेध गरिएको छ । 


त्यसैगरी बैठकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाईने भएको छ । 


साथै सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । 


सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।


माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन ।सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।


त्यसैगरी यस अघि पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाईने भएपनि परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ ।


निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD