८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन सुरू


प्रकाशित: सोमवार, २३ भाद्र २०८२, ०९ः४५ बजे
- महानगरखबर

काठमाडौं । नयाँ पुस्ता (जेनजी) ले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध सोमबार राजधानी काठमाडौंसहित विभिन्न शहरमा प्रदर्शन सुरू गरेका छन । 


सोमबार बिहानै माइतीघर मण्डलामा भेला भएका युवाहरूले ब्यानर, प्लेकार्डसहित नारा जुलुस गर्दै शान्तिपूर्ण प्रदर्शनको थालनी गरेका हुन ।

 
उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारासहित प्रदर्शन गरेका थिए ।


आजको कार्यक्रमअनुसार सहभागीहरूले माइतीघरबाट मार्च पास गर्दै बानेश्वरतर्फ अगाडि बढ्ने छन ।


प्रदर्शनमा भाषण नगरिने र यसको सट्टा नाचगान र सांस्कृतिक कार्यक्रममार्फत सन्देश दिने योजना गरिएको आयोजकहरूले जनाएका छन ।


काठमाडौं बाहेक पोखरा, दाङलगायत विभिन्न शहरमा पनि जेनजी पुस्ताले समान मागसहित प्रदर्शन सुरू गरेका छन ।


काठमाडौंमा भएको प्रदर्शनमा काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतले ऐक्यबद्धता जनाएका छन।


कतिपय युवाहरू कलेज तथा विद्यालय पोशाकमै सहभागी भएका थिए । 


पहिले सामाजिक सञ्जालका पोष्टमार्फत मात्र आक्रोश पोख्दै आएका उनीहरूले यसपटक सडकमा उत्रेर प्रत्यक्ष प्रतिवाद गरेका हुन । 


जेनजी पुस्ताको प्रदर्शनलाई विभिन्न राजनीतिक दलका नेता, कलाकार, पेशागत संघ–संस्था र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex