७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा जेठ २३ देखि २६ सम्म ‘हिमालयन ट्राभल मार्ट’ हुने


प्रकाशित: आईतबार, ८ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आयोजनामा काठमाडौंमा आगामी जेठ २३ देखि २६ अर्थात (जुन ६ देखि ९ सम्म) हुने भएको छ ।


तेस्रो संस्करणको रुपमा हुन गईरहेको यस मेला नेपाली पर्यटन क्षेत्रकै सबैभन्दा ठुलो मेलाको रुपमा लिईने गरेको छ । 


नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने यस मेलाको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ । 


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा पाटाले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।


नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले नेपाली पर्यटन क्षेत्रको प्रचार –प्रसार तथा प्रवद्र्धनमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए । 


हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति पाएको र धरै पर्यटन स्रोत बजारबाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानले पनि यसको लोकप्रियता बढ्दै शाक्यले गएको बताए ।


यसअघि सन २०१७ सालमा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD