२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा जिम्मेवार व्यवसाय सम्मेलन हुने 


प्रकाशित: बुधवार, ११ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौमा भाद्र १९ र २० गते जिम्मेवार व्यवसाय सम्मेलन हुने भएको छ । 


राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को आयोजनमा हुने व्यवसाय सम्मेलन असल व्यवसायिक अभ्यास प्रवद्र्धन गर्ने विश्वास लिएको पहलका अध्यक्ष पद्म ज्योतीले बताए ।


मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै एनबिआई ज्योतीले जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिका विषयमा छलफल हुने जानकारी दिए । 


सम्मेलनको मुख्य उदेश्य व्यवसायिक क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसाय कसरी अघि बढाउनुपर्ने सचेतना दिने भएको अध्यक्ष ज्योतीले बताए । 


उनले भने,‘ व्यवसायीले समेत आफ्नो व्यवसाय संचालन गर्दा उपभोक्तालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।’


एनबिआईका उपाध्यक्ष कुशकुमार जोशीले असल व्यवसायिक अभ्यासमार्फत निजी क्षेत्रलाई रुपान्तरण गर्नेतर्फ लैजाने प्रयास भएको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex