६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा जारी निषेधाज्ञा हट्यो


प्रकाशित: बुधवार, १६ भाद्र २०७८, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हटेको छ । 


उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका छन । 


यो आदेश बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने बताईएको छ । आदेशसँगै बन्द रहेको पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ ।


स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गएको अधिकारी पराजुलीले बताएका छन । 


यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पाइदैन थियो अब भने स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो । 


स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ ।


सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex