काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको जार ४७ रुपियाँ भन्दा बढि नलिन निर्देशन दिएको छ ।
पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको विभागले थाहा पाएपछि सो निर्देशन दिएको हो ।
खासगरी होटलररेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन ।
विभागले काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ भने एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।
एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।
विभागको सुचनाः

Categorized in बजार