काठमाडौं । जनता समाजवादी पार्टी (जसप)ले आइतबार काठमाडौंमा बृहत प्रदर्शन गरेको छ ।
जसपाले शान्तिवाटिकाबाट सुरु भएको ¥याली पुतलीसडक, पद्मोदय, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा परिणत भएको थियो ।
जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
जसपाका नेताहरुले बिहीबार संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्नी सापकोटालाई बैठक आह्वान गर्न पनि आग्रह गरेका थिए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
Categorized in राष्ट्रिय