२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा चोरी बढ्न थालेपछि सीसीटिभी क्यामेराको माग


प्रकाशित: शुक्रवार, ३० चैत्र २०८०, १०ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौंमा चोरी लगायतका घट्ना बढ्नथालेपछि स्थानीयले सीसीटिभि क्यामेराको माग गरेका छन । 


विहिवार काठमाडौं सिंहदरबार प्रहरी वृत्त र महानगरका ३ वडा ११, २८ र २९ को सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा भएको नागरिक सुनवाई कार्यक्रमा सहभागीहरुले क्यामेराको माग गरेका हुन । 


कार्यक्रममा सहभागीहरुले दिनको समयमा पनि चोरीका धेरै घटना हुने गरेको, यस्ता घटनाका चोर पक्राउ पर्न नसकेको बताउँदै सीसीटिभी क्यामरा जडान गर्नु पर्ने माग गरेका थिए । 


त्यसैगरी सहभागीहरुले हराएको मोटरसाइकल पत्ता नलागेको, बैङ्कबाट अनधिकृत पैसा निकाल्नेहरु पक्राउ पर्न नसकेको, आफ्नो घरको फोहोर अर्काको घर अगाडि राखिदिएको, घर भाडा नतिरेर सामान सुटुक्क सारेको, दुव्र्यसनीका कारण कतिपय ठाउँहरुमा हिँड्न कठिन भएको, मोटरसाइकलको तिब्र गति र चर्को आवाजले शारीरिक रुपमा कमजोर र ज्येष्ठ नागरिक असुरक्षित रहेको लगायतका समस्याहरु सुनाएका थिए ।   


फोहोरमैला व्यवस्थापन, सामुदायिक कुकुर व्यवस्थापन, घरभाडा लिनेदिनेको समस्या जस्ता महानगरपालिकासँग सम्बन्धित विषय उठेका थिए । 


कार्यक्रमा कापमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले सहभागीको जवाफ दिएका थिए ।


उनले सुविधा खोज्दै गरेर विकास भएका कारण सहरी सुरक्षा व्यवस्थापनमा कठिन भएको बताए ।


सीसीटिभी क्यामरा जडान गर्ने विषयमा उनले क्यामरासँग व्यक्तिको गोपनीयताको हकलगायत पक्ष जोडिएकोले महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्यमा सीसीटिभी क्यामरा जडान गरिररहेको र यसलाई प्रविधिमैत्री बनाउँदै लगेको बताए । 


सिंहदरवार वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले वृत्तको क्षेत्राधिकारभित्र गुनासो आएको २ मिनेटदेखि बढीमा १० मिनेटभित्र घटना स्थलमा प्रहरी पुगिसक्ने बताए । 


कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सहरी सुरक्षा वढाउने प्रविधि विकासमा काम गर्नु पर्ने बताएका थिए । 


सो अवसरमा सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र, पुरानोबसपार्क बागबजारकी उपाध्यक्ष सरस्वती पन्त भट्टराई, वडा महिला सञ्जालकी सदस्य आशा श्रेष्ठ रौनियार, घट्टेकुलो सामुदायिक सेवा केन्द्रका अध्यक्ष टंकबहादुर श्रेष्ठले शान्ति सुरक्षाका लागि नागरिक दायित्व पूरा गर्नु पर्नेमा जोड दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD