२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा घरभित्रको फोहोर टिप्ने बहाना एक करोड बराबरको धनमाल चोरी 


प्रकाशित: विहिवार, ३ फागुन २०८०, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानमा घरभित्र पसेर फोहोर टिप्ने (संकलन) गर्ने बहानामा चोरी गर्ने ५ जनलाई पक्राउ गरेको छ । 


उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट गरी झण्डै एक करोड रुपैयाँको धनमाल चोरी गरेको छ ।


उनीहरुले माघ २८ गते गोकर्णेश्वर नगरपालिका–४ माकलबारीस्थित दिलमाया आलेमगरको घरबाट नगद र गरगहना गरी ६५ लाख रुपैयाँको धनमाल चोरेको छ ।


त्यसैगरी काठमाडौं महानगरपालिका १० बानेश्वरमा दिनेश घिमिरेको घरबाट २५ लाख र गोकर्णेश्वर नगरपालिका ३ मा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँको धनमाल लुटेको पाएको कार्यालयले जनाएको छ । 


पक्राउ पर्नेमा भारतीय नागरिक लक्का भन्ने विकास पोद्दार, जितेन्द्र पोद्दार, भाइलाल पोद्दार, सञ्जय पोद्दार र मञ्जुदेवी पोद्दार रहेका छन । 


थप अनुसन्धान तथा कारबाहीको लागी पक्राउ परेकाहरुलाई प्रहरी वृत, बौद्ध पठाईएको कार्यालयले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD