१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा गाईजात्रा यसरी मनाईयो (फोटोफिचर)


प्रकाशित: मंगलवार, २० श्रावण २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा आज नेवाः समुदायले आफ्ना आफन्त दिवंगत भएको सम्झनामा गाईजात्रा मनाएका छन ।


एक वर्षमा दिवंगत भएका परिवारको सम्झनामा आफ्नो टोलबाट गाई वा कुमारीलाई गाईको प्रतीक मानी सहर परिक्रमा गर्ने परम्परा रहेको छ । 


गाईलाई सहर परिक्रमा गर्नाले वर्षभर मृत्यु भएकाको आत्माले शान्ति पाउने धार्मिक विश्वास छ । 


आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । मल्लकालदेखि नै यो पर्व मनाइँदै आएको धार्मिक विश्वास छ ।


राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीको मन भुलाउन जात्रा निकालेर सहर परिक्रमा गर्न आज्ञा गरेकाले यो पर्व मनाइँदै आएको मानिन्छ ।

 

 

 

 

 

 



तस्वीरहरुः रमेश शाक्य

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD