१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा गहना चोरी गरी बेच्ने र किन्ने पसले सहित ६ जना पक्राउ


प्रकाशित: विहिवार, २८ मंसिर २०८०, १०ः४४ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको विभिन्न ठाउमा रातको मौका पारी चोरी गर्ने ३ जना भारतीय नागरिक सहित एक सुन पसले पक्राउ परेका छन । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला राजापुर थाना घर भई हाल काठमाडौंको तिलगंगा बस्ने १९ वर्षीय फ्रुटी भनिने किशोर गिरी, भारतको बिहार राज्य समस्तीपुर जिल्ला ग्राम घर भई तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार र भारतको बैसालीको उखिमारपुरका १८ वर्षीय घुच्की भन्ने संजीव बाँनिया (पोदार) हुन । 


काठमाडौंका शम्भूमार्गस्थित भगवती श्रेष्ठको घरबाट १ तोला सुन र १ लाख ८० हजार रूपैयाँ चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा कार्यालयले दुई जनालाई पक्राउ गरी अनुसन्धान बढाएको थियो ।


गत कात्तिक ५ गते काठमाडौं महानगरपालिका–९ विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेराबाट सुनका गरगहना र नगद गरी १३ लाख ५८ हजार बराबरको धनमालको चोरीमा पनि गिरी र पोदारकै संलग्नता भेटिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरूसँग सोधपुछका र अनुसन्धानको क्रममा उनीहरुले चोरीको गहना काठमाडौंको विभिन्न पसलहरुमा विक्री गर्ने खुलेको हो । 


पक्राउ पर्ने सुन पसलेहरुमा सितापाइलामा सुन पसल चलाउने ३० वर्षीय बिक्रम गर्तौला, झापाको वाहुनडाँगी घर भई पुरानो बानेश्वरमा सुन पसल चलाउने रमेश विश्वकर्मा र मोरङको सुन्दरहरैँचा घर भई काठमाडौंको भिमसेनगोलामा सुन पसल चलाउने ३३ वर्षीय डिल्लीराम विश्वकर्मा छन ।


उनीहरूको साथबाट सुनको पोते सहित नोगेडी ३ थान, मंगलसुत्र ३ थान, रिङ ३ थान, तिलहरी २ थान र झुम्का २ जोर बरामद गरिएको हो । 


थप अनुसन्धानको लागि  उनीहरुलाई गौशला प्रहरी बृतमा पठाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex