काठमाडौं । काठमाडौं उपत्यकाको नदी तथा खोलामा ४० मिटर मापदण्डको खारेजी माग गर्दै खबरदारी र्याली निकालिएको छ ।
विहिवार विहान उपत्यकावासीहरु ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारमा जम्मा भई माइतीघर मण्डलसम्म पुगेर सभामा परिणत भएको थियो ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको संयुक्त आयोजनामा उक्त र्याली निकालिएको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, फैसला हैन न्याय गर, उठीवास लगाउने सडक तथा खोला मापदण्ड खारेज गर, संविधानको धारा (२५) – सम्पतीको हक अधिकार सुनिश्चत गर, लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन ।
सर्वोच्च आदालते ३ पुस २०८० मा सर्वोच्च काठमाडौं उपत्यकाको नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
त्यसअघि २०६५ सालमा मन्त्रिपरिषदले बागमती, विष्णुमती लगायत ठूला नदीहरुमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो ।
Categorized in समाज