८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा खोप लगाउन अनलाईन दर्ता नम्बर भए हुने


प्रकाशित: शनिवार, ९ साउन २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले तयार पारेको अनलाईन फर्म भरेर दर्ता नम्बर लिए खोप लगाउन सकिने भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा विद्युतीय दर्ता नम्बर लिएरमात्र खोप लगाउन पाउने भन्ने उल्लेख भएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 


स्वास्थ्य कार्यालय काठमाडौंले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने जनाएको हो । 


काठमाडौं जिल्लाका ५० वर्ष वा सो भन्दा मुनिका १८ बर्ष सम्म्का नागरिक र अझै खोप लाउन छुटेको भए ५० वर्ष भन्दा माथिकाले आफ्नो नाम स्वास्थ्य मन्त्रालयले तयार गरेको वेवसाइट मा गई दर्ता गराएर सो दर्ता भएको प्रमाण लिएर आउन स्वास्थ्य कार्यालय काठमाडौंले भनेको छ । 


साथै सबै पालिकाहरुले पनि यो व्यहोरालाई आ–आफ्नो पालिका र वडाका नागरिकमा चेतना फैलाउनसमेत अनुरोध गरिएको छ । 


सरकारले पछिल्लो पटक ७ गतेसम्म सरकारले उपत्यकामा जोन्सन एन्ड जोनसनको खोप अभियान सञ्चालन गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD