८ भाद्र २०८३, सोमबार
Header

काठमाडौंमा क– कस्ले गराए उम्मेदावरी दर्ता ?


प्रकाशित: मंगलवार, ६ माघ २०८२, १४ः२० बजे
- महानगरखबर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सुरु भएको छ । 


काठमाडौंमा पनि उम्मेदवार मनोनयन दर्ता र टिकट वितरण कार्य तिव्र रुपमा जारी छ । दलहरूले उम्मेदवार टुंग्याउँदै मनोनयन दर्ता गरिरहेका छन ।


नेपाली कांग्रेसले काठमाडौंमा संसदीय बोर्डको बैठकका निर्णय अनुसार काठमाडौं–३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सिना, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई उम्मेदवार बनाएको हो । त्यसैगरी, कांग्रेसले काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेल र ६ मा जिल्ला सभापति कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाएको छ । 


अझै पनि क्षेत्र नम्बर १, २, ३ र ७ मा अझै सबै उम्मेदवार तय भइसकेका छैनन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । कांग्रेस संसदीय बोर्डको बैठकले ललितपुर–१ मा सहमहामन्त्री उदय शम्शेर राणा, ललितपुर–२ मा प्रेमकृष्ण महर्जन र ललितपुर–३ मा जितेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जितेन्द्र श्रेष्ठ ललितपुर कांग्रेसका सभापति पनि हुन् ।


यसैबीच, राप्रपाका पूर्वअध्यक्ष कमल थापाले काठमाडौं–५ बाट उम्मेदवारी दर्ता गराएका छन । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन । यसअघि उनी मकवानपुर–१ बाट लगातार दुई निर्वाचनमा पराजित भएका थिए ।


काठमाडौं–१ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पनि मनोनयन दर्ता गराएका छन् । उनी यसअघि पनि यही क्षेत्रबाट झिनो मतान्तरले पराजित भएका थिए ।


त्यस्तै एमाले सचिव महेश बस्नेतले भक्तपुर–२ बाट उम्मेदवारी दर्ता गर्दै निर्वाचनले मुलुकलाई सही दिशातर्फ लैजाने विश्वास व्यक्त गरे । 


उनले जेन–जी आन्दोलनबाट क्षति भएका संरचना पुनर्निर्माणमा ध्यान दिनुपर्ने पनि बताए ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पनि उम्मेदवारी दर्ता तीव्र बनेको छ । काठमाडौं–३ बाट राजुनाथ पाण्डेले उम्मेदवारी दर्ता गरेका छन । 


उनी काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन । 


काठमाडौं–५ बाट रास्वपाले सस्मित पोखरेललाई टिकट दिएको छ । पोखरेल यसअघि बालेन शाहका सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा कार्यरत थिए ।


यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिएका जगदीश खरेल औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका छन् । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाएको छ ।


प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा प्रमुख दल र नयाँ शक्तिबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

 

अपडेटः उम्मेदवारी दर्ता


काठमाडौं १– प्रबल थापा, काठमाडौं २ – कविर शर्मा, काठमाडौं ३– रमेश अर्याल, काठमाडौं ७– प्रमोदहरि गुरागाईंले मनोयन दर्ता गराएका छन ।


नेकपा एमालेतर्फ काठमाडौं–१ बाट मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गरेका छन । नेपाली कम्युनिष्ट पार्टीबाट काठमाडौं क्षेत्रं. ८ बाट सुमन सायमी, नेकपा एमालेबाट राजेश शाक्य, रास्वपाबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दिएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex