१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा कोठा, होटल, पसलमा चोरी गर्ने ११ जना पक्राउ


प्रकाशित: सोमवार, २९ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । लकडाउनको समयमा बौद्ध क्षेत्रमा चोरी गर्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ । 


महानगरीय प्रहरी वृत्त बौद्धले चोरीमा संलग्न उनीहरुलाई बौद्ध क्षेत्रको विभिन्न स्थानबाट दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरेको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।


पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुङ्गा घर भई काठमाडौं बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका छ ।


त्यसैगरी सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौं बस्दै आएकी निर्मला भनिने मिना लामा, गोरखाका आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगर लगायत रहेका छन । 


प्रहरीका अनुसार उनीहरुले विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो । 


उनीहरुलाई मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD