काठमाडौं । काठमाडौंमा केही निजी विद्यालयहरु बन्दमा पनि खोलिएपछि काठमाडौं महानगरको शिक्षा विभागले कारबाही गर्ने चेतावनी दिएको छ ।
शिक्षा विभागका प्रमुख अधिकृत रामप्रसाद सुवेदीले खुलेका केही बिद्यालयहरुलाई बन्द गर्न निर्देशन दिएको र निर्देशनको पालना नभए कारवाही हुने बताएका छन ।
नेपालमा ओमिक्रोन संक्रमण फैलिएपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको अधिकृत सुवेदीले जानकारी दिए ।
Categorized in समाज