५ जेठ २०८१, शनिबार
Header

काठमाडौंमा कात्तिक ९ गतेबाट  एस्ट्राजेनेको दोस्रो डोज लगाईने


प्रकाशित: सोमवार, ८ कतिक २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा एस्ट्राजेनेको दोस्रो डोज मंगलवारबाट लगाईने जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । 


कार्यलयले सोमवार एक सुचना जारी गरी काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको उक्त खोप लगाईने बताएको छ । 


१८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्टाजेनेकाको दोस्रो डोज लगाइने छ ।


स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालहरु महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ । 


यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुनेछन ।


काठमाडौं महानगरपालिकाको हकमा भने कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने जारी सुचनामा जनाईएको छ । 


खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD