काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा एमालले एक मात्र सिट नसुुहाउने बताएका छन ।
शनिवार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
काठमाडौंको १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित हासिल भएको भन्दै यो एमालेका लागि नसुहाउने उल्लेख गरे ।
उनले आगामी निर्वाचनसम्म यो अवस्थामा सुधार ल्याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

गत ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट काठमाडौंका क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ मात्र निर्वाचित भएका थिए ।
अधिवेशनमा एमालेका केन्द्रिय सदस्य तथा पूर्व प्रमुख विद्यासुन्दर शाक्य, एमाले नेतृ अष्टलक्ष्मी शाक्य, महानगरकी उपप्रमुख सुनिता डंगोल, महानगर कमिटिका अध्यक्ष निर्मल देउला लगायतका उपस्थिती रहेको थियो ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय