१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा उपत्यकामा दशैंमा ट्राफिक उल्लंघन गर्ने ३ हजार बढि, १२५ वटा मोटरसाइकल चोरी


प्रकाशित: शुक्रवार, २ कातिक २०८१, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा दसैंमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने झन्डै चार हजार जना कारबाही गरेका छन। 


काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार  काठमाडौं उपत्यकामा असोज २४ गतेदेखि कात्तिक २ गते बिहान ६ बजेसम्मको तथ्यांक अनुसार ३ हजार ८४३ जना ट्राफिक कारबाहीमा परेका हुन । 


सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी चलाउनेहरू कारबाहीमा परेका हुन । 


तथ्यांक अनुसार मापसे गर्नेहरू ७५५ जना, तिव्रगतिमा सवारी चलाउने ६६० जना, रेडलाइटमा सवारी चलाउने ४५० जना, सिसिटिभी फुटेजमार्फत ६७२ जना कारबाहीमा परेका छन । 


त्यसैगरी लेनमा १७७ जना, हर्नमा १८० जना क्षमता भन्दा बढी यात्रु राख्ने ११६ जना, बढी भाडा असुल्ने १३ जना, लगायत अन्य विभिन्न प्रकारको कारबाही गरी जम्मा ३ हजार ८४३ जना कारबाहीमा परेको कार्यालयले जनाएको छ । 


यसैगरी असोज १७ गतेदेखि २८ गतेसम्म काठमाडौं उपत्यकाबाट १२५ वटा मोटरसाइकल चोरी भएका छन्।


मोटरसाइकल चोरी हुनेहरुमा सडकपेटीमा पार्किङमा राखिएका मोटरसाइकलहरू अत्यधिक चोरी भएको देखिन्छ ।


फाइल फोटो 

asteriskhubs
Home Page Bottom Second


maharjan complex