७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा आधुनिक बधशाला निर्माण विषायक गोष्ठी


प्रकाशित: सोमवार, ६ बैशाख २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा आधुनिक बधशाला निर्माण गर्ने विषयमा एक गोष्ठी भएको छ ।


सोमवार काठामाडौं चागलस्थित आयोजित ‘सरोकारवाला समूहसँग गोष्ठी’ विषयमा छलफल गरिएको थियो । 


गोष्ठीमा उपस्थित व्यवसायीहरुले आफ्ना समस्या तथा गुनासाहरु राखेका थिए । उनीहरुले स्वच्छ, सफा र हाइजेनिक मासुका लागी आफूलाई आवश्यक तालिम तथा उपकरण आवश्यक रहेको बताए । 


कार्यक्रममा नेशनल जुनोशिस एण्ड फुड हाईजिन रिसर्च सेन्टरका अध्यक्ष मिनु शर्माले मासु व्यवसायीहरुको गुनासो हरुलाई अध्यन गरेर एक अध्यन प्रतिवेदन तयारी गर्ने बताए । 


उनले व्यवसायीहरुलाई आफ्ना समस्याहरु राख्न आग्रह गरेपछि व्यवसायीहरुले आ–आफ्ना धारणा सुनाएका थिए । 


काठमाडौं महानगरपालिकाको सहयोगमा रिसर्च सेन्टरले उपत्यकाका मासु व्यवसायीहरुसँग नियमित छलफल तथा गोष्ठी सञ्चालन गरी आधुनिक बधशाला निर्माणका लागि आवश्यक प्रतिवेदन तयार गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD