६ जेठ २०८१, आइतबार
Header

काठमाडौंमा आज मनाइयो गाईजात्रा ! (फोटो फिचर)


प्रकाशित: शनिवार, २८ साउन २०७९, १७ः३० बजे
- महानगरखबर

काठमाडौँ । आज काठमाडौंमा गाईजात्रा पर्व मनाइएको छ । 


काठमाडौंवासीले आज विशेष रुपमा गाईजात्रा मनाएको हो । हिजोे भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गाईजात्रा मनाइएको थियो । 


पञ्चाङ समितिले शुक्रवार नै जनैपुर्णिमा र गाईजात्रा परेकोले सोही अनुुसार गर्न भनेको थियो । 


काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । 


मानिसलाई गाईका रूपमा सिँगारी आआफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ ।


मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/अन्जितमान सिंह डंगोल/महानगरखबर

 

 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD