काठमाडौं । मौसमविदले बुधवार काठमाडौं उपत्यकामा दिनभर पानी पर्ने बताएका छन ।
दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन । केही छिन पानी रोकिएपनि फेरि पानी पर्ने मौसमविदले बताएका छन ।
देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने संभावना रहेका छन भने कतैकतै भारी वर्षा पनि हुने छ ।
बर्षाको कारण पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन ।
मौसम विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको हो ।
Categorized in समाज