१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौंमा आजबाट सार्वजनिक स्थलमा धुम्रपान निषेध


प्रकाशित: शनिवार, १ असोज २०७९, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको छ ।


आज(शनिवार) देखि महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा खान प्रतिवन्ध गरिएको छ ।


यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।


महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने छ ।


यस अघि महानगरले सार्वजनिक सूचना प्रकाशित गरेर सचेत गराइसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD