२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा आजबाट फेरि द्रुुत बस सेवा सुुरु 


प्रकाशित: आइतवार, १० मंसिर २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । सूर्यविनायक–रत्नपार्क रुटमा आइतवारबाट फेरि द्रुुत बस सेवा सुरु भएको छ ।


आज विहान साढे ८ बजेबाट साविककै रुटमा थप ११ वटा बस थपेर सेवा सुुुचारु गरिएको हो । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क–सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन ।


सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।


यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५÷५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्ने गरेको थियो ।

 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुुत बस सेवा सुरु गरेको थियो ।


तर विभिन्न प्राविधिक समस्याका कारण एक महिनामात्र मात्र चलेर स्थगित भएको थियो । 


द्रुुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD