१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा असोज १ गतेबाट विद्यालय खोल्न यी विवरण पेश गर्नुपर्ने


प्रकाशित: सोमवार, २१ भाद्र २०७८, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं जिल्लामा असोज १ गतेबाट विद्यालय खोल्ने तयारी गरिएको छ । 


सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले विद्यालय खोल्न भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक–कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्ने निर्णय गरेको छ । 


स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार उक्त विवरणहरु पेश भएपछि त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिईने छ । 


सोमबारको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधि सहभागी थिए ।


सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसीसीएमसीले अनुमति दिनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD