काठमाडौं । काठमाडौं उपत्यकमा अब बेलुका ८ बजेपछि सवारी सधान चलाउन पाईने भएको छ ।
मंगलवार उपत्यकाभित्रका तीन प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सो निर्णय गरिएको जनाएको छ । यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।
बैठकले निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरेको छ । पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै छ ।
साथै काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको छ ।
यसअघि समूहमा सञ्चालन हुने यस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट मात्रै गर्न पाउने प्रावधान थियो ।
Categorized in राष्ट्रिय