५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा अब जथाभावी यात्रु चढाउने–ओराल्ने सवारीलाई कारबाही


प्रकाशित: आइतवार, ५ असोज २०८२, १६ः५५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाभित्र अब सार्वजनिक सवारीसाधनले जथाभावी यात्रु चढाउने र ओराल्ने काम गर्न पाउने छैनन ।


यातायात व्यवस्था विभागले तोकिएको स्थानबाहेक सवारी रोकी यात्रु चढाउने वा ओराल्ने चालकलाई कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।


बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण र सडक पूर्वाधार अभावकै कारण यातायात व्यवस्थापनमा समस्या देखिएको विभागको भनाइ छ । 


समस्या समाधानका लागि तोकिएका स्थानमै मात्र यात्रु चढाउने–ओराल्ने व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ ।


यस्तै, तोकिएको स्थानमै पनि अनावश्यक ढिला गरी यात्रु कुर्ने सार्वजनिक सवारीलाई समेत कारबाही हुने चेतावनी विभागले दिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex