काठमाडौं । काठमाडौंमा आगामी असोजमा ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन –२०२०’ हुने भएको छ ।
उपत्यका नगरपालिका फोरम, काठमाडौंको आयोजनामा असोज २१ देखि २४ गते सम्म चार दिने अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुने भएको हो ।
शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिका प्रमुख तथा नगरपालिका फोरम अध्यक्ष विद्यासुन्दर शाक्यले सम्मेलनको जानकारी दिँदै भिजिट नेपाल भ्रमण बर्ष २०२० को लक्ष्यलाई मेयरहरुको सम्मेलनले सघाउने विश्वास व्यक्त गरे ।
विभिन्न देशका ३५० जना मेयरहरुलाई आमन्त्रण गरेको प्रमुख शाक्यले पत्रकार सम्मेलनमा बताएका थिए ।
सो सम्मेलनमा काठमाडौं उपत्यकाभित्रका स्थानीय (नगर) सररकारहरुका विदेशस्थित भागीनी सहरहरु, सार्क तथा दक्षिण÷दक्षिणीपूर्वी एशियाका राजधानी लगायतका प्रमुख शहर तथा युनेस्को र विश्व सम्पदा शहरहरुको नगरप्रमुख, नीति निर्माता योजनाविद्रुको सहभागी हुनेछ ।
‘ऐतिहासिक शहर/नगरहरुको दिगो रुपान्तरण’ नारा रहने उक्त सम्मेलनले मुख्य चार वटा उदेश्य रहेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा जनाएको छ ।
सम्मेलनमा सहभागी मेयरहरुविच शहरको दिगो रुपमान्तरणको दिशमा विगत र वर्तमानको अनुभवहरु हासिल गर्ने, शहरीकरण तथा सम्पदा संरक्षणमा पर्यावरण मुद्दावारे छलफल चलााई एकरुप धारण निर्माण गर्ने, शहरहरुविच समाजिक, सांस्कृति, आर्थिक पक्षहरुको सम्भाव्य अध्यन तथा बहुपक्षीय संवाद चलाउने र समुदायको सशक्तिकरण र सुशासनको माध्यमले विभिन्न क्षेत्र, जाती र विचारमा बाँडिएका जनताविच समाजिक सद्भाव र आपसी सम्मान र विश्वास अभिबृद्धि गर्ने सम्मेलनको उदेश्य हुने जारी विज्ञप्तीमा उल्लेख छ ।
सो अवसरमा प्रमुख शाक्यले अन्तर्राष्ट्रिय मेयर सम्मेलन– २०२० को आधिकारिक वेवपेज पनि उद्घाटन गरेका छन ।
वेवपेजले नगरहरुको बारेमा सम्मपूर्ण जानकारी दिने प्रमुख शाक्यले बताउँदै निकट भविष्यमै अंग्रेजी लगायत विभिन्न सात वटा अन्र्तराष्ट्रिय भाषामा पनि नगरको विवरणहरु राखिने बताए ।
Categorized in राष्ट्रिय