काठमाडौं । एक हजारका २९ वटा नक्कली नोटसहित दुई जना काठमाडौंबाट पक्राउ परेको छ ।
प्रहरीका अनुसार नक्कली नोटसहित नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन ।
उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटरमा नक्कली नोट बरामद गरेको थियो ।
पछिल्लो समय काठमाडौंमा नक्कली नोटको विगविगी बढेको प्रहरीले बताएको छ । केही दिन अघि काठमाडौंको महाबौद्धबाट एक हजारका १० वटा नक्कली नोटसहित एक युवक पक्राउ पक्राउ परेको थियो ।
Categorized in बजार