८ जेठ २०८१, मंगलबार
Header

काठमाडौंबाट बाहिरिने यात्रुवाहक सवारीले असार १ गतेबाट गंगोबुबाट मात्र सञ्चालन गर्न पाउने 


प्रकाशित: शुक्रवार, १९ जेठ २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौँ । यात्रु लिएर उपत्यका बाहिर जाने सवारीहरुले असार १ गतेबाट गंगोबुको नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने भएको छ । 


काठमाडौं महानगरपालिकाले शुक्रवार एक सुचना प्रकाशित गरी काठमाडौं महानगर क्षेत्रबाट बाहिरने लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने सवारीहरुले सो अनुसार गर्न अनुरोध गरेको छ ।


यस अघिनै यस विषयमा निर्णय भएपनि कार्यन्वयनको लागि पुनः सुचना प्रकाशित गरी निर्णयनासार गर्न महानगरपालिकाले जनाउँदै असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु पनि हटाउन पनि भनेको छ ।   


जथाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्र चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेकोले सो काउन्टरहरु हटाउन सुचनामा उल्लेख छ । 


त्यसैगरी धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडिबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ । 


सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत महानगरको सूचनामा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD