२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंबाट पोखरा घुम्न गएको जीप दुर्घट्ना, ७ विद्यार्थी र एक चालकसहित ८ जनाको मृत्यु


प्रकाशित: सोमवार, २५ असोज २०७८, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–३ गोंगबुका विद्यार्थी लिएर घान्द्रुक गएको जिप कास्कीको नयाँ पुलमा दुर्घट्ना भएको छ । 


दुर्घट्नामा परि जीपमा रहेका ७ जना विद्यार्थी र जीप चालकको मृत्यु भएको प्रहरीले जनाएका छन । 


प्रहरीका अनुसार मृतक जीप चालक जीप चालक अन्नपूर्ण गाउँपालिका– ५ का ४२ वर्षीय खुसीमान क्षेत्री हुन भने मृतक विद्यार्थीहरु गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री रहेका छन । 


नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 


दुर्घटनामा परी घाइते भएका २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex