१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौंबाट तपस्वी बमजन पक्राउ


प्रकाशित: मंगलवार, २४ पुस २०८०, २०ः०० बजे    
- महानगरखबर

काठमाडौं । तपस्वीको रुपमा चिनिएको राबहादुर बमजन पक्राउ परेका छन । 


केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई काठमाडौंको बुढानिलकण्ठको एक घरबाट पक्राउ गरेको हो ।

 
सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यका अनुसार बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको रडार थिए उनी । 


उनलाई मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरबाट पक्राउ गरेको हो । बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो।


उनीविरूद्ध आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD