काठमाडौं । काठमाडौंको धर्मपथ र बबरमहलबाट बुधबार चोरी भएको मोटरसाईकल सहित एक पक्राउ परेको छ । प्रहरीले चोरीको मोटरसाइकल सहित बारा कोल्बी नगरपालिका–६ बस्ने २६ वर्षीय जितेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ बस्ने समन्त तुलाधरको बुधबार धर्मपथबाट बा.९३ प ४८५८ नम्बरको र बबरमहलबाट धादिङ कटुन्जे घर भई काठमाडौं बस्ने तिलक श्रेष्ठको बा.९४ प ८०६६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
प्रहरीले आवश्यक कार्वाहीको लागि चौधरीलाई थुनामा राखेको जनाएको छ ।
Categorized in समाज